मालिकाको विकट गाउँ ह्वाङ्दीमा पहिलो पटक दन्त शिविरको आयोजना हुने



बैशाख २४ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ३ ह्वाङ्दीमा पहिलो पटक दन्त रोग सम्बन्धि शिविरको आयोजना गरिएको छ ।
मालिका गाउँपालिकाको आयोजना र वडा नम्बर तीनको सह- आयोजनामा एक दिने बृहत् दन्त रोग सम्बन्धि  शिविरको आयोजना गरिएको वडा अध्यक्ष ज्ञान कुमार बुढामगरले जानकारी दिए ।
विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।
अन्य शिविर पालिका स्तर बाट पटक पटक भए पनि दन्त तथा मुख सम्बन्धि शिविर नभएको हुँदा नागरिकको माग अनुसार शिविरको आयोजना गरिएको वडा अध्यक्ष बुढाले बताए ।
साथै समस्त ह्वाङ्दी वासी सङै छिमेकी वडाका नागरिकलाई समेत सेवा लिन उनले आग्रह गरे ।
शिविर बिहान १० बजे देखि साझ ५ बजे सम्म सञ्चालन हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता