३५ हजार राशिको फुटबल प्रतियोगिता हुने, रेसुङ्गामा पहिलो पटक खेलकुद सम्बन्धि पत्रकार सम्मेलन



मङ्सिर २३ गुल्मी ।

गुल्मीको ऎतिहासिक धार्मिक स्थल रेसुङ्गामा पहिलो पटक पत्रकार सम्मेलन गरिएको छ ।
फोटिन स्टार युवा क्लबले पहिलो पटक रेसुङ्गमा खेलकुद सम्बन्धि पत्रकार सम्मेलन गरेको हो ।
उसले पुस ७ गते देखि १० गते सम्म आयोजना गरेको चौथो फोटिन स्टार कपको बारेमा जानकारी दिने र रेसुङ्गाको प्रचार प्रसार गर्ने उदेश्यले पत्रकार सम्मेलन गरेको हो ।
जिल्ला स्तरीय माद्यामिक तहका छात्रहरु बिच फुटबल प्रतियोगिता हुने छ ।
प्रतियोगितामा उपाधी हात पार्नेले ३५ हजार नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुनेले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
विद्यालय स्तरमा फुटबल खेल र खेलाडीको विकासलागि फोटिन स्टार युवा क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सब अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता