तीन स्थानीय तहका कार्यकर्तालाई माओवादी केन्द्रको स्कुलिङ्ग



मङ्सिर १८ गुल्मी ।
नेकपा माओवादी केन्द्र गुल्मीले जिल्लाका चार स्थानीय तहका नेता तथा कार्यकर्तालाई एक दिने आधारभुत पालिका स्तरीय स्कुलिङ्ग प्रशिक्षण दिईएको छ । जन-जनमा माओवादी, घर-घरमा माओवादी ,जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरिएको हो ।
आज सदरमुकाम तम्घासमा आयोजित स्कुलिङ्ग कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष शुदर्शन बराल लगायतका नेताले कार्यकर्तालाई दर्शनशास्त्र,वैज्ञानिक समाजवाद,कम्युनिस्ट पार्टी र इतिहास र माक्र्सवादी साहित्यको बारेमा कार्यकर्तालाई पढाए हुन ।
जहाँ बरालले दशर्नशास्त्र, केन्द्रिय सदस्य भविश्रर तिवारीले संगठन ,प्रदेश सदस्य पार्वती विकले वैज्ञानिक समाजवाद ,जिल्ला सचीव अशोक थापाले कम्युनिस्ट पार्टी र इतिहास र पदम पाण्डेले माक्र्सवादी साहित्यको बारेमा स्कुलिङ्ग दिईएको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।
स्कुलिङ्ग कार्यक्रममा रेसुङ्ग ,मुसिकोट नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका माओवादी नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
जिल्लाका अन्य स्थानीय तहमा पनि माओवादी केन्द्रले पालिका स्तरीय आधारभुत स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता