काङ्ग्रेस महामन्त्री थापा, गुल्मीको रेसुङ्गा दर्शनमा



मङ्सिर १० गुल्मी ।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा शनिबार बिहान गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको दर्शन गर्न पुगेका छ्न । रेसुङ्गा नगरपालिकाको जाउ हिड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टिका गुल्मी जिल्ला सभापति खिलद्ध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन ।
शनिबार दिउसो नेपाली काङ्ग्रेस गुल्मीको दोश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न नेता गगन थापा जिल्लाको सदरमुकाम आएको बेला रेसुङ्गा दर्शन पुगेको बेला नेता साथिहरु सङ्ग निकै रमाएका थिए । दुई दिन सम्म चल्ने सम्मेलनको पहिलो दिन शनिबार अबको आधा घण्टा पछि चिदिचौरमा खुल्ला आमसभा हुने र भोलि बन्दसत्र हुने सम्मेलन प्रचार प्रसार समितिका संयोजक तथा सो पार्टीका सहसचिव छवि पाण्डेले जानकारी दिए । उनका अनुसार नेता थापा सहित केन्द्रिय सदस्य चन्द्र भण्डारी , चन्द्र केसी , नैनसिंह महर र र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन आई पुगेका छ्न ।
अर्का महामन्त्री बिश्वप्रकाश शर्मा बाटोमा आउदैछ्न । शभापति शेरबहादुर देउवा र बरिस्ठ नेता डाक्टर शेखर कोईराला आउने भनिएको भए पनि न आउने भएको पण्डेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता