चौथो पुल्चोक कप: रिर्डसको पोल्टामा



असोज १३ गुल्मी ।

चौथो पुल्चोक कप २०८० को उपाधि रिर्डस पब्लिक हाई स्कुलले उचालेको छ । शनिबार भएको फाईनल खेलमा महेन्द्र माध्यमिक विद्यालयलाई ४-० को फराकिलो गोल अन्तरले हराउदैं उपाधी माथि कब्जा जमाएको हो ।
तीन पटकको विजेता सिद्धबाबा माध्यिमिक विद्यालयलाई सेमिफाइनलमा पेन्लाटी सुट आउटमा ४-१ को फराकिलो गोल अन्तरले हराउदै उच्च मनोबलका साथ फाइनल प्रवेश गरेको रिर्डसले सुरुवाती समय देखिनै विपक्षीलाई आफ्नो दबादमा राखेको थियो ।
खेलको ४ मिनेटमै सिम्रन खत्रीले उत्कृष्ट गोल गर्दै रिर्डसलाई सुरुवाती अग्रता दिलाईन ।
खेलमा आफ्नो वर्चस्व जमाएको रिर्डसले निरन्तर गोल गर्ने सुन्दर अवसरहरु सिर्जना गरिरहेको थियो ।
१९ औं मिनेटमा डि बक्स एरियामा महेन्द्र माध्यमिक विद्यालयका खेलाडीले फल्ड खेलेपछि रिर्डस पब्लीक हाई स्कुलले पेनाल्टी पाएको थियो ।
पेनाल्टीको सहि सदुपयोग गरी अकिंता कुवरले गोल गर्दै अग्रता दोब्बर पारिन ।
रिर्डस पब्लिक स्कुल तेतीमा रोकिएन खेलको २८ औं मिनेमा जेनिशा बरालले गोल गर्दै रिर्डसलाई ३-० को बलियो अवस्थामा पुराईन ।
दोस्रो हाफको अन्त्य तिर कप्तान कृतिका पचभैयाले पुनः एक गोल थप्दै ४-० ले आफ्नो विद्यालयलाई उपाधि दिलाईन ।
खेलमा आफ्नो पकड जमाएको रिर्डस पब्लिक हाई स्कुलका खेलाडीकोे प्रहार लाई महेन्द्र माविकी गोलकिपर दिपा भट्राईले बिफल पार्र सफल भएकी थिईन ।
घरेलु मैदान र दर्शकको पुर्ण साथ पाएको महेन्द्र मावि खेलअविधी भर कुनै समय पनि हाबी हुन सकेन ।
खेलको सुरुवाती समय देखिनै दबाबमा परेको महेन्द्र मावि अन्तिम सम्म दबाबमै रह्यो ।

११ विद्यालय सहभागी भएको प्रतियोगितामा रिर्डस पब्लिक हाई स्कुलले तीन वटा विद्यालय र महेन्द्र नमुना विद्यालयलले २ वटा विद्यालयलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थिए ।
बिजेता बनेको रिर्डस पब्लिक हाई स्कुलले उपाधि सहित ३० हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उप उपबिजेता बनेको महेन्द्र माध्यमिक विद्यालयले २० हजार नगद सहित मेडल र प्रमाण प्राप्त गर्यो ।
महिला फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ पुल्चोक क्लबले हरेक वर्ष आफ्नो वार्षीक उत्सवको अवसरमा अन्तर मावि छात्रा फुटबल प्रतियोगिता आयोजना गदैं आएको छ ।
पुल्चोक क्लबले आयोजना गर्ने यस प्रतियोगतिाले सदरमुकाम तम्घासको चहल पलह मात्रै बढाएको छैन् । महिला फुटबल खेलाडी उत्पादन र फुटबल खेल प्रति जनस्तरको चासो समेत बढाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता