गुल्मीमा ७० हजार विद्यार्थीको आँखा परिक्षण हुने: मालिका बाट कार्यक्रमको सुरुवात



बैशाख २५ गुल्मी ।

जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा जिल्लाका ७० हजार विद्यार्थीको आँखा परिक्षण हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी ,जिल्लाका सबै स्थानीय तह,नेपाल नेत्र ज्योति संघ गुल्मी र शिक्षा विकास समन्वय समिती गुल्मीको सहकार्यमा आँखा परिक्षण अभियान सुरु गरिएको हो ।
दृष्टि परिक्षण एपको माध्यम बाट आँखा परिक्षण गरिने छ ।
पहिलो चरणमा दृष्टि परिक्षण एपको प्रयोग सम्बन्धि प्रत्येक पालिकामा हरेक विद्यालयका एक /एक जना शिक्षकलाई सहभागी गराई अभिमुखिकरण तालिम दिने र शिक्षकले आफ्नो विद्यालयका विद्यार्थीको एपको माध्यम बाट आँखा परिक्षण गर्ने योजना रहेको नेपाल नेतृत्व ज्योति संघ गुल्मीका सचीव पदम पाण्डेले जानकारी दिए ।
जेठ ४ गते भित्र सबै पालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न हुनेछ । त्यस्तै सोमबार मालिका गाउँपालिका बाट  शिक्षकलाई एप प्रयोग सम्बन्धि तालिम दिएर कार्यक्रमको सुरुवात गरिएको छ । ५४ सामुदायिक विद्यालयका शिक्षकलाई तालिम दिईएको शिक्षा शाखा सुरज जिसीले जानकारी दिए । जेठ १५ गते भित्र सबै विद्यार्थीको आँखा परिक्षण हुनेछ ।
साथै विद्यार्थीको आँखा मा कुनै समस्या देखिए सम्बन्धि पालिका र नेपाल नेत्र ज्योति संघ गुल्मीको समन्वयमा उपचार हुनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता