ह्वाङ्दीमा पहिको पटक आयोजना गरिएको दन्त शिवीर बाट २ सय १५ जनाले लिए सेवा



बैशाख २७ ।
गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका ३ ह्वाङ्दीमा पहिलो पटक आयोजना गरिएको  दन्त रोग सम्बन्धि शिविर बाट दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
मालिका गाउँपालिकाको आयोजना र वडा नम्बर तीनको सह-आयोजनामा एक दिने बृहत् दन्त रोग सम्बन्धि  शिविरको आयोजना गरिएको हो ।
विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह  गरेको वडा अध्यक्ष ज्ञान कुमार बुढाले जानकारी दिए ।
आफ्नै गाउँ ठाउँमा निशुल्क दन्त रोग तथा अन्य मुख,गिजा रोग सम्बन्धि उपचार पाउँदा स्थानीय खुसी भएका छन् ।
अन्य शिविर पालिका स्तर बाट पटक -पटक भए पनि दन्त तथा मुख सम्बन्धि शिविर नभएको हुँदा नागरिकको माग अनुसार शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए  ।
भौगोलिक रुपमा विकट भएको हुँदा नागरिकको चेतना ,आर्थिक अवस्थाका कारण गाउँपालिकाले बृहत शिविर र एकीकृत घुम्ती शिविरको आयोजना गर्दै आएको स्वास्थ्य संयोजक वसन्त राज भुसालले बताए

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता