गुल्मीमा ३० हजार राशिको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता हुँदै



हुमाकान्त पोखरेल, गुल्मी ।

१९ भदौ । गुल्मीमा ३० हजार राशिको माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा रहेको पुलचोक स्पोर्टस क्लवको आयोजनामा आगामी असौज ११ गतेदेखि १३ गते तीन दिनसम्म प्रतियोगिता हुन लागेको हो । क्लवको पाँचौ बार्षिकोत्सवको अवसरमा ‘चौथो पुलचोक कप’ को आयोजना गरेको क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, शिल, मेडल र प्रमाणपत्र एवम् द्धितिय हुनेलाई नगद २० हजार, शिल, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद, शिल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट १६ जनालाई जिल्ला वा जिल्लाबाहिरका समुहसँग क्लवले नै लागत व्यहोर्नेगरी खेल खेल्ने व्यवस्था मिलाउने जनाइएको छ ।

पुलचोक क्लवले ०७५ सालदेखि जिल्लामा हरेक बर्ष ‘पुलचोक कप’को आयोजना गर्दै आएको छ । अधिकाशं ठाउँहरुमा संचालन हुने प्रतियोगिताहरु पुरुष केन्द्रीत हुने भएकोले महिला खेलाडी उत्पादन गर्ने उदेश्यले छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको न्यौपानेले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता