मालिका हाङ्दीका किसानलाई मौरी व्यवस्थापन सम्बन्धि तालिम प्रदान



चैत २१ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर तीन ह्वाङ्दीले मौरी व्यवस्थापन तथा घार फुटाउने सम्बन्धि तालिम दिईएको छ ।
जनजाति लक्षित कार्यक्रम अन्तरगत ह्वाङ्दीका ४५ जना किसानलाई उक्त तालिम दिईको वडा अध्यक्ष ज्ञान कुमार बुढामगरले जानकारी दिए ।
घारको उचित व्यवस्थापन कसरी गर्ने ,घार कसरी फुटाउने,मौरीले कस्तो आहारा रुचाउने गर्दछ, घार कसरी सार्ने ,चाकको कसरी सरसफाइ गर्ने भन्ने बारेमा किसानलाई ज्ञान प्रदान गरिएको थियो ।
तालिमको नेपाल पंक्षी संरक्षण संघ परियोजनाका अधिकृत रोमाकान्त अर्याल ,सम्भु भट्टराई र परियोजनाका सहायक नहकुल भुषालले सहजीकरण गरेका थिए ।
पछिल्लो समय मालिकाको ह्वाङ्दी क्षेत्र मौरीको लागि उपयुुक्त वातावरण बन्दै गएको छ ।
वडाको विगतको वर्ष ४० घार मौरी र यो वर्ष २० घार मौरी वितरण गर्ने योजना रहेको वडा सचीव लाल बहादुर घर्तीले जानकारी दिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता