मालिका माथी संघर्षपुर्ण जित निकाल्दै सत्यवतीले जित्यो अन्तरपालिका भलिबल कपको उपाधी !



फागुन २ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि सत्यवती गाउँपालिकाले हात पारेको छ ।
फाइनलमा आयोजक मालिका गाउँपालिका माथी संघर्षपुर्ण जित दर्ता गर्दै उपाधी आफ्नो पक्षमा पारेको हो ।
पहिलो सेट सत्यवतीले हात पार्दा दोस्रो सेट मालिकाको पक्षमा रह्यो अन्तिम तथा फाइनल सेटमा १५-१३ को अबस्थामा सत्यवतीले जित दर्ता गर्दै उपाधी सङै ३५ हजार र ट्रफी हात पार्यो ।
त्यस्तै दोस्रो बनेको मालिका गाउँपालिकाले २५ हजार हात पार्दा तेस्रो बनेको इस्मा गाउँपालिकले १५ हजार हात पार्यो ।
इस्माले मुसिकोट नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थान सुरक्षीत गरेको हो ।
सान्त्वना बनेको मुसिकोट नगरपालिकाले १० हजार हात पार्यो ।
मालिका गाउँपालिकाले हरेक वर्ष भलिबल खेल र खेलाडीको प्रोत्साहन संगै छिमेकी स्थानीय तह संग आत्मीय बढाउन हरेक वर्ष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । सोही अवसरमा मालिका रनिङ शिल्ड अर्थात वडा स्तरीय भलिबल प्रतियोगिता समेत हुने गर्दछ ।
यो वर्ष गुल्मी जिल्लाका ८ स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङको बढिगाड गाउँपालिका सहित नौ समुहको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता