गुल्मीको मदानेमा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता सम्पन्न



अनिल खत्री
फागुन १०,गुल्मी
गुल्मीको मदाने गाउँपालिकामा अन्तर स्थानीय तह भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाले दाेस्राे अध्यक्षकप भलिबल प्रतियोगिता वडा नम्बर ७ को कुडापानी भनभनेमा फागुन ७ गतेदेखि ९ गते सम्म संचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

गुल्मी जिल्लाका स्थानीय तहबाट सहभागी हुन पाइने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा जम्मा ११ समुहको सहभागीता रहेको थियो । जसमा मुसिकोट नगरपालिकाले प्रथम स्थान हाशिल गरेको छ ।
दोस्रो चन्द्रकोट गाउँपालिका भने तेस्रो स्थानको जित सत्यबती गाउँपालिकाले हात पारेको पन्थिले बताउनु भएको हो।
प्रथम पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको थियो। त्यस्तै द्वितीय पुरस्कार ५५ हजार पाँच सय ५५ रुपैयाँ रहेको हो । साथै तृतीय पुरस्कार २५ हजार पाँच सय ५५ रुपैयाँ रहेको थियो ।
त्यस्तै गाउँपालिका दाेस्राे अध्यक्ष कप भलिबल प्रतियोगितामै वडा स्तरीय महिला भलिबल प्रतियोगिताकाे आयोजना पनि गरिएको थियो । महिला भलिबल प्रतियोगितामा जम्मा ७ समुहको सहभागी रहेको थियो ।
महिला भलिबल प्रतियोगिताको प्रथम स्थान ओगट्न मदाने गाउँपालिका ३ सिर्सेनी ,दृतिय मदाने गाउँपालिका ५ मलागिरी र तृतीय मदाने गाउँपालिका ६ पुर्कोट दहले बिजय हाशिल गरेको थियो ।
वडा स्तरीय महिला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । त्यस्तै द्वितीय पुरस्कार २२ हजार दुई सय २२ रुपैयाँ रहेको छ । साथै तृतीय पुरस्कार ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
मदाने गाउँपालिकालाई चिनाउन भलिबलमा योगदान पुर्याउने मदानेका उत्कृष्ट खेलाडिहरुलाई पनि नगद सहित सम्मान गरिएको प्रमुख प्रसाशकिय अधिकृत शालिक पन्थिले बताउनु भयो ।
फागुन ९ अर्थात अन्तिम दिन भलिबल साथै अन्य बिबिध सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता