अर्जै माविलाई फुटबलमा ऎतिहासिक सफलता ,तम्घासको महेन्द्र मावी पेनाल्टीमा स्तब्ध !



पुस १२ गुल्मी
मालिका गाउँपालिका ६ स्थित अर्जै माध्यमिक विद्यालयले जिल्ला स्तरीय फुटबल प्रतियोगितामा ऎतिहासिक सफलता हात पारेको छ । लगातार तिन पटक फोर्टिन स्टार कप जितेको सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै अर्जैले इतिहास रचेको हो । घरेलु मैदान र दर्शकको पुर्ण साथ पाएको महेन्द्र मावी अर्जै माविको अघि हावी हुन सकेन ।
निर्धारित समय गोलरहित बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउट तर्फ मोडिएको थियो । जहाँ अर्जैले ३-१ ले महेन्द्र माविलाई हराउन सफल भयो ।

गत पुष ७ गतेबाट सुरु भएको चौथो फोर्टिन स्टार कपमा १९ बिद्यालयको सहभागी रहेको थियो ।

फोर्टिन स्टार युवा क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्ला स्तरीय मावी छात्र फुटवल प्रतियोगितामा सदरमुकाम बाहिरका विद्यालयले उत्कृष्ट प्रर्दशन गरे ।
प्रतियोगितामा उपाधी हात पारेको अर्जै माविले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेतामा चित्तबुझाएको महेन्द्र माविले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता