मालिका मर्भुङ्गका किसानलाई मौरी वितरण !



बैशाख १४ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ मर्भुङ्गका किसानलाई मौरी वितरण गरिएको छ ।
वडाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १४ जना किसानलाई ३४ वटा आधुनिक घार सहित मौरी प्रदान गरिएको वडा सचिव सुशील अर्यालले जानकारी दिए ।
व्यवसायीक माहुरी पालन किसान उत्पादन गर्नुका साथै किसानलाई आय आर्जनमा जोड्ने उदेश्यले पहिलो चरणमा ५० प्रतिशत अनुदानमा मौरी वितरण गरिएको वडा अध्यक्ष सुर्य बहादुर जिसीले बताए ।
मौरीमा किसानको पनि अपनत्व होस भनेर ५० प्रतिशत अनुदानमा मौरी वितरण गरिएको वडा अध्यक्ष जिसीको तर्क छ ।
वडा नम्बर ८ मा शुक्रबार वितरण गरिएको मौरीलाई परिक्षणको रुपमा पनि हेरिएको वडा सदस्य सागर गिरीले बताए ।
वडा सदस्य गिरीले भने “थोरै सङ्ख्यामा अहिले मौरी वितरण गर्यौ यसले राम्रो नतिजा दिए आगामी दिनमा यसलाई विस्तार गर्दै लैजाने हाम्रो योजना रहेको छ ´´ ।
शुक्रबार वडा परिसरमा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ज्येष्ठ किसान दीर्घसिंह खत्रीलाई मौरीको घार वितरण गरि कार्यक्रमको सुरुवात गरिएको हो ।
अनुदानमा मौरीको घार पाए पछि किसान पनि खुसी भएका छन ।
मौरी पाल्न सजिलो हुने हुँदा सबै उमेर समुहका किसानले पाल्न सक्ने उनीहरुको भनाई छ ।
त्यस्तै उपाध्यक्ष उपेन्द्र अर्यालले पनि मौरीको उचित स्याहार सुसार गरि राम्रो आम्दानी गर्न किसानलाई सुझाव समेत दिए भने प्राविधिक खगेन्द्र धामीले मौरी पालनको बारेमा किसानलाई आवश्यक ज्ञान दिएका थिए ।
कार्यक्रममा वडा नम्बर तीनका वडा अध्यक्ष ज्ञान कुमार बुढा ,चार नम्बर वडाका वडा अध्यक्ष नारायण अर्याल ,कार्यपालिका सदस्य लक्ष्मी खत्री , वडा सदस्य लेखनाथ अर्याल ,पशु प्राविधिक गोपाल कार्की लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता