मालिका गाउँपालिका -६ कुमाल टोलमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने



माघ २९- गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जेको कुमाल टोलमा पनि नि ःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । यस अघि गाउँपालिकाले फागुन २ गते गाउँपालिकाको वडा नम्वर दुइ च्यानडाडामा रहेको सामुदायिक स्वास्थ्य इकाइ र फागुन ३ गते वडा नम्वर पाँचको छापहिलेमा रहेको सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । तर पछिल्लो समय वडा नम्वर ६ का कुमाल टोलका नागरिकको चाहाना तथा उनिहरुको माग अनुसार फागुन ४ गते पनि नि: शुल्क आँखा शिविर सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त राज भुसालले जानकारी दिए ।

कुमाल टोल पिछडिएको टोल भएका कारण त्यहाँ नागरिकको अवस्था संगै उनिहरुको मर्म बुझेर कुमालटोल सामुदायिक स्वास्थ्य इकाइमा फागुन ४ गते निः शुल्क आखाँ शिविरको आयोजना गरिएको वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ । साथै शिविरमा मोतीया विन्दु देखीएका बिरामीको फागुन १० गते सिमलटारी आँखा उपचार केन्द्रमा नि शुल्क शल्यक्रिया गरिने र बिरामीको लागी नि :शुल्क यातयातको व्यवस्था गरिएको गाउँपालिकाले मालिका गाउँपालिकाले जनाएको छ ।
नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढौं ।

फागुन २ र ३ गते मालिका गाउँपालिकामा निः शुल्क आँखा शिविर सञ्चालन हुने

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता