गाउँपालिकाले दियो विशेषज्ञ सेवा सहित १८ प्रकारका सुविधा एकै पटक,हजारौं मालिका वासी लाभान्वित



चैत १० गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले एकीकृत घुम्ती शिविरको माध्यम बाट एकै पटक विशेषज्ञ सेवा सुविधा सहित १८ प्रकारका सेवा प्रवाह गरेको छ ।
गाउँपालिकाले पालिकाका तीन स्थानमा एकीकृत घुम्ती शिविरको आयोजना गरेर मालिका वासीलाई सेवा प्रवाह गरेको हो ।
वडा नम्बर दुई दर्लिङ,छ अर्जै र आठ मर्भुङ्गमा आयोजना गरिएको एकीकृत घुम्ती शिविर बाट हजारौं मालिका वासीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
दुई सय ३२ जनाले आयुर्वेद सेवा लिदा ,९९ ठाँउको माटो परिक्षण गरिएको छ।  त्यस्तै ६ सय ६४ जना किसानलाई विषादी वितरण गर्दा २८ जना ब्याक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ५ सय ८४ किसानलाई पशु औषधी,७१ किसानले लिएको गोबर परिक्षण र ९ वटा योजनाको फरफारक गरिएको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले बताए ।
त्यस्तै विषेशज्ञ डाक्टर बाट स्वास्थ्य क्षेत्र तर्फ पनि गाउँपालिकाले गुणस्तरीय सेवा घरदैलोमै प्रदान गरेको छ । ७ सय ३२ जना नागरिकले आँखाको जाँच गराएका छन् । त्यस्तै ९ सय १८ जनाले दन्तरोगको उपचार सेवा पाँउदा  महिला रोग सम्बन्धि ३ सय ४० जना महिलाले आफ्नो रोगको बारेमा उपचार र परामर्श पाए  । तीन सय २५ जनाको भि.आई.ए जाँच र १ सय एक जना ज्येष्ठ नागरिकलाई नि:शुल्क चस्मा वितरण गरिएको स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।
२८ जना महिलाको पाठेघरमा समस्या देखिएको हुँदा उपचार ,परामर्श र रेफर बारे जानकारी गराईएको छ ।
एकीकृत घुम्ती शिविर बाट मालिका वासीले सरसफाइमा ध्यान नदिएको  ,धूम्रपानमा बढी जोड ,महिलाहरुले चेतनाको अभावमा रोगको जाँच र फ्लो अप नगरेको पाईएको निष्कर्ष  स्वास्थ्य विज्ञ टोलीको रहेको छ । आगामी दिनमा यी क्षेत्रमा जनचेतनामुलक कार्यक्रम गर्न गाउँपालिकालाई सुझाव समेत विज्ञ टोलीले दिएको छ । आफ्नै घरआगनमा गुणस्तरीय सेवा सुविधा पाँउदा नागरिक पनि खुसी भएका छन् । शिविरले समय र पैसा दुबैको बचत भएको मालिका वासीको भनाई छ ।

नागरिकको चाहना र आवश्यकता अनुसार आगामी दिनमा पनि गाउँपालिकाले यस्ता शिविरलाई निरंतरता दिने उपाध्यक्ष उपेन्द्र अर्याल बताए ।
मालिका गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय समयमा विभिन्न शिविर सङै स्वास्थ्य जनचेतनामुलक कार्यहरु गर्दै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता