घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण



चैत १० गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेको छ । मालिका गाउँपालिका २ दर्लिङका ३७ वर्षीय कुल बहादुर घर्तीलाई गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल र डाक्टरको संयुक्त  टोलीले `क ´वर्गको अपाङ्गता परिचयपत्र घरमै उपलब्ध गराएको हो ।
गाउँपालिकाले आयोजना गरेको अपाङ्गता परिचयपत्र वितरण शिविर सम्म घर्ती पुग्न नसकेपछि घरमै गएर परिचयपत्र उपलब्ध गराएको वडा अध्यक्ष विनोद श्रीसले जानकारी दिए ।
शारीरिक रुपमा  अशक्त घर्तीलाई केही वर्ष अघि `ख´ वर्गको अपाङ्गता परिचयपत्र दिईएको थियो तर  विगत केही महिना देखि  विस्तारमै थलिए पछि उनलाई `क´ वर्गको परिचयपत्र दिईएको हो ।
घर्तीले अब राज्य बाट मासिक ४ हजार भत्ता पाउनेछन् ।
त्यस्तै सयरा श्रीस,कुल बहादुर घर्ती,थम्मन बुढाले क वर्गको परिचयपत्र पाएका छन् ।
पदम खड्का ,टिटिराज पौडेल र झमन श्रीसले ख वर्गको परिचयपत्र पाएको वडा सदस्य चुरामणी घर्तीले जानकारी दिए ।
उनिहरुले अब मासिक २१ सय भत्ता पाउनेछन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता