मालिकामा सम्पन्न नि :शुल्क स्वास्थ्य शिविर बाट १३ सय भन्दा धेरै लाभान्वित !



चैत १३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जनतालाई घरदैलोमा स्वास्थ्य सेवा पुराउने उदेश्यले एक दिने मुटु सम्बन्धी नि :शुल्क स्वास्थ्य शिविर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए।
गाउँपालिकाको आयोजना,नेपाल हृदय रोग प्रस्तिठान गुल्मी,नेपाल नेत्र ज्योति संघ गुल्मी ,रोटरी क्लबको सहकार्य तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिकि सहयोगमा शिविर सम्पन्न भएको हो।
शिविर बाट गुल्मी पश्चिम क्षेत्रका चार स्थानीय तह,मालिका,धुर्कोट,मदाने र इस्मा गाउँपालिकाका एक हजार तीन सय ३४ जना बिरामीले स्वास्थ्य परिक्षण गरेका छन् ।
जसमा तीन सय १७ जनाको मुटुको इ.को जाँच,पाँच सय ९२ जनाको इ.सि.जि जाँच,एक सय ६७ जनाको रगत परिक्षण,५९ जनाको पि.एफ टि जाँच र सय जनाको कोलेष्ट्रोल जाँच गरिएको छ ।
आफ्नै गाँउ ठाँउमा विषेशज्ञ डाक्टर बाट संवेदनशिल अंग मुटुको स्वास्थ्य जाँच गराउन पाँउदा स्थानीय हर्षीत भएका छन् । स्वास्थ्य शिविरले समय र पैसाको बचत भएको स्थानीयको पार्वती बाँनीयाले बताईन ।
त्यस्तै आगामी दिनमा थप बृहत तरिकाले अन्य शिबिरको आयोजना गर्नु पर्ने स्थानीयले माग समेत गरेका छन् । जनताको आर्थीक तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गरि स्वास्थ्य शिविरको आयोगजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
भौगिलक रुपमा अत्यन्त विकट मानिने मालिका गाउँपालिकाका जनताको अस्पतला संग सहज पहुँच नभएका कारण गाउँपािलकाले समय समयमा विभिन्न प्रकारकाका शिविरको आयोजना गर्दै आएको छ । जसले गर्दा मालिका गाउँपालिका संगै छिमेकी स्थानीय तहका नागरिकले समेत स्वास्थ्य सेवा लिने अवसर पाईरहेका छन् ।

 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता