मालिका गाउँपालिकाका प्रावी तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण



पुस १२ गुल्मी ।

मालिका गाउँपालिकाका प्रावि तहका विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ । अहिले सम्म ल्यापटप र प्रिन्टर नभएका विद्यालयलाई बिहिवार एक कार्यक्रमका बिच वितरण गरिएको गाउँपालिकाका शिक्षा शाखाका सुरज जिसीले जानकारी दिए ।
वडा नम्बर दुई दर्लिङ्गको तम्मुडाडा प्रावि,वडा नम्बर ६ अर्जैको कालिका प्रावि, वडा नम्बर ७ घमिरको मैदान चौर प्रावि र वडा नम्बर ८ मर्भुङ्गको सिदेश्वरी प्राविले एक एक सेट ल्यापटप र प्रिन्टर पाएका छन् ।
सूचना प्रविधी मैत्री ,सुचनाको पहुँच विस्तार गर्ने उदेश्यले प्रविधिका सामाग्री वितरण गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्तीमगरले बताए ।
आज चार वटा विद्यालयलाई ल्यापटप ,पृन्टर उपलब्ध गराए सङै अब मालिका गाउँपालिकाका सबै प्रावी तहका विद्यालयमा
ल्यापटप , प्रिन्टर पुगेको छ । निमावि र मावी तहका विद्यालयमा भने यस अगावै पुगिसकेको थियो ।
ल्यापटप र प्रिन्टर पाएपछि शिक्षकहरु पनि खुसी भएका छन ।
ल्यापटप र प्रिन्टर सूचना प्रविधि क्षेत्रमा सहयोग पुराउने शिक्षकहरुको भनाइ रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता