गुल्मीकी एक महिला चार दिन देखि बेपत्ता !



प्रेम सुनार भदौ १४ गुल्मी ।

 इस्मा गाउँपालिका–५ दरिनढुङ्गाकी एक महिला चार दिनदेखि वेपत्ता भएकी छन् । ७० वर्षीया ज्ञानुमाया बस्नेत (ठूला घर कान्छी दिदि) यहि भदौ ११ गते दिउँसोदेखि घरबाट वेपत्ता भएकी हुन ।

विगत तीन चार महिनादेखि नसाको बिरामी भएको र तम्घास गएर उपचार गरेर ल्याइएको उनको पारिवारिक स्रोतले जनाएको छ । केही दिनअघि पनि घरबाट हराएर जङ्ग्लमा फेला पारेर ल्याइएका पारिवारिक स्रोतले बतायो । ‘११ गते दिउँसो एक बजेतिर घरबाट हिँडे देखि फेला पार्न सकेका छैनौ ।’–ज्ञानुमायाको परिवारले भन्यो ।

बेलायतमा रहेका बेपत्ताका देवर अर्जुन बस्नेतले समेत खोजिका लागि आग्रह गर्दै नजिकको प्रहरी चौकी वा मोवाईल नम्बर ९८५४२००५७६ मा खवर गरिदिन आग्रह गरेका छन् । उनको श्रीमान पनि १७ वर्ष अघि सन २००६ देखि वेपत्ता छन् । वेपत्ता श्रीमानले कान्छी श्रीमतिका रुपमा सुमित्रालाई विवाह गरेका थिए । दुबै श्रीमतीहरु श्रीमान वेपत्ता भएपछि अलग अलग गाउँमा बस्दै आएका थिए । सुमित्राले समेत ज्ञानुमायाको खोजि गरिदिनका लागि बिलौना गरेकी छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता