मालिकाको अर्खबाङ्गमा ६९ मिटर लामो भ्यागुतेघाट झोलुङ्गे पुलको उद्घाटन



जेठ २०  गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका – ४ अर्खबाङ्ग स्थित भ्यागुतेघाट झोलुङ्गे पुलको उद्घाटन  गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन । उद्घाटन
गर्दै अध्यक्ष अर्यालले झोलुङ्गे पुलले नागरिकको जीवन यापनमा सहजता ल्याएको बताए ।
६९ मिटर लम्बाई र १ दशमलव ६ सेन्टिमिटर चौडाइ रहेको पुल यसै आर्थिक वर्षमा पुल सम्पन्न भएको गाउँपालिकाका प्राविधिक डिल्लीराज खनालले बताए ।
झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम अन्तर्गत
३६ लाख १४ हजार ९५ रुपैयाँ लगानीमा पुल निर्माण भएको हो । जहाँ केन्द्रिय सरकारको ८५ प्रतिशत ,गाउँपालिकाको १३ प्रतिशत र स्थानीय उपभोक्ताको २ प्रतिशत लगानी रहेको छ ।

पुलले वडा नम्बर चारको अर्खबाङ्ग  र काभ्रेलाई जोडेको छ । यस झोलुङ्गे पुलबाट एक सय १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन भने वडा नम्बर तीन ह्वाङ्दी र दुई दर्लिङ्गका जनताले समेत सेवा लिने गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता