भडिकीलो तीज मनाए कानुन अनुसार कारबाही !



रिया बस्नेत ,बुटवल ।

प्रत्येक वर्ष भदौ शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ।

हिन्दु नारिहरुको महान चाड हरितालिका तिज भड्किलो बन्दै गएको छ ।शहरि क्षेत्रमा महिनाअघिदेखि नै ठूला होटल र पार्टी प्यालेस अग्रिम बुकिङ गरि जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ।यस्तो प्रबृतिले समाजमा धेरै नकरात्मक कुरा भित्राउछ । तर रुपन्देहि जिल्ला प्रशासनले होटल र पार्टी प्यालेसमा तीज मनाउन रोक लगाएको छ। प्रशासनले एक सूचना जारी गरी तीज भड्किलो हुनबाट रोक्न महँगा होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोजभतेर गर्नेलाई कारबाही गर्ने जनाएको हो।

‘आजकलको तीजले संस्कृति झल्काउँदैन। महंगा रिसोर्टमा गएर दिनहुँ दर खाने चलन छ,’ यो विकराल बन्दै गएको छ । धनी र गरिब बीचमा ठूलो खाडल सिर्जना गरेको छ। यसलाई तुरुन्त रोक्नुपर्छ नत्र अझै चुनौती थपिदै जान्छ ।
तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रशासनले सार्वजनिक सूचना जारी गरेर तडकभडक नगर्न र यसलाई अटेर गरे कानुनअनुसार कारबाही गरिने निर्देशन समेत दिएको छ। ‘पर्व मनाउन पाईन्छ यसमा हाम्रो छेकबार छैन । तर आफ्ना गतिविधिले समाज भाँडिन हुँदैन। यसको मौलिकता हराउन लाग्यो भने संरक्षण गर्ने दायित्व सरकार र नागरिक दुवैको हो,’ ‘पैसा हुने महिनैभरि दर खाने र नाचगान गर्छन् । हाम्रो परम्परा यस्तो होईन । यसले संस्कार मासिन्छ । र मौलिक चाड तर मौलिकता माथिको भडकिलो प्रभाब मौलाउन नदिनको लागि यो जिल्ला प्रशासन कार्यलय ले यस्तो सुचना जारि गरेको हो ।

नचाहिने कुरामा प्रतिस्पर्धा गर्ने होईन । समाज विकासमा प्रतिस्पर्धा गर्नुस् । राम्रा कुराको सिको गर्नुस् र नराम्रा कुरा त्याग्नुस् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता