धोनी र रसेल भन्दा पारस अघी !




नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० टि२० वरियतामा ठूलो छलाङ मारेका छन् ।नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् ।
पारसले अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या र वेस्ट इन्डिजका आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।

त्यस्तै पारसले ब्याटिङतर्फ पनि ठूलो फड्को मारेका छन् । नयाँ वरियता अनुसार पारस ब्याटिङमा ६६ औं स्थामा उक्लिएका छन् । पारस यस अघि ९३ औं स्थानमा थिए । पारसले एकै पटक २७ स्थान फड्को मारेका हुन् । पारसले ब्याटिङमा भारतीय विकेटकीपर महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तलाई पछि पारेका छन् ।
अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए ।
हाम्रो खेलकुद डटकम बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता