गुल्मीमा पनि मुस्लिम समुदायले धुमधामका साथ ईदुलफितर मनाए !



अनिल खत्री, गुल्मी ।

गुल्मी जिल्लामा करिव ५ सय वढि मुस्लिम समुदायका नागरिकहरु बसोवास गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाहरु पल्पा अर्घाखाँची जिल्लाबाट आएर बिभिन्न पेसा व्यवसाय गर्दै बसोवास गर्दै आएका छन् ।
मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा गुल्मी जिल्लामा पनि सामुहिक रुपमा विशेष नमाज पाठ गरेर मनाएका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं (सौवाल) को पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरि ठुलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र वर्ष मनाएका छन् ।
यो वर्षको तयारी एक महिना अगाडीबाट गर्ने गरिन्छ । यो वर्षको स्वागतका लागि एक महिना अगाडीबाट रोजा व्रत बस्ने गर्दछन् ।
मुस्लिम समुदायको एक महिना लामो व्रत ९रोजा० पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने गरिन्छ ।
एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मुस्लिम समुदायका गुरु अनिस सुवानीले बताए ।

दान गरेपछि नमाज पढेन गर्दछन् । नमाज पढेर सकेपछि दाजुभाई इष्टमित्रहरुको घरमा गएर एकअर्कासँग मेल मिलाप गर्ने सुवानीले बताए ।
कसैसँग रिसाएको भए बोल्ने सलाम गर्ने प्रचलन रहेको उनको भनाई छ । मुस्लिम समुदाय यो अबसरमा इष्टमित्रसँग बसेर खुसी साटासाट गर्ने गर्दछन् । गुल्मी जिल्ला भर मुस्लिम धर्म मान्नेहरु करिव ५ सय रहेको मदरसा अहले सुन्नत गुल्मीका अध्यक्ष खुस्दीन मियाले बताए ।
ईदउल फित्र पर्वको अबसरमा सम्पूर्णमा शुभकामना दिँदै मियाले जिल्ला समुदायको विकास का लागि लागि परेको बताए । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।
गुल्मी जिल्लामा पाल्पा, अर्घाखाँची, जिल्लावाट आएर बिभिन्न पेसा व्यवसाय गरेर मुस्लिम धर्मालम्बीहरु बस्ने गरेका छन् । अहिले अन्य धर्म मान्नेहरुले पनि राम्रो व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ ।
चेतनाको कमीले गर्दा पहिला पहिला धेरै समस्या हुने गरेपनि अहिले त्यस्तो अवस्था नरहेकको उनिहरुको भनाई छ । गुल्मी जिल्लामा मुस्लिम मसुदायका नागरिकहरुले आफनै नवाज पढने भवन निर्माण गरेका छन् ।
बिभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको मदरसा अहले सुन्नत गुल्मीका पूर्व अध्यक्ष सागिर मियाले बताए । जिल्लामा मदरसा अहले सुन्नत प्राविको ०७१ सालमा स्थापना भएको ।
यहाँ मुस्लिम समुदायका बिद्यार्थीहरुले पढने पनि गर्दछन् । जिल्लामा करिव ४० जना बिद्यार्थीहरु पनि रहेको संस्थाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता