कोरोना संक्रमितको संख्या घट्दै



माघ २४ ।

देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ ।

देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार १०८ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल ९२ जना क्वारेन्टिनमा छन् ।

यस्तै देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा छन् । ६४ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशीत छ । 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता