विश्व स्वास्थ्य दिवस: माझी वस्तीमा अण्डा र फलफूल वितरण



चैत २५ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।
वडा नम्बर १ र ६ मा रहेका माझी वस्तीमा आज एक कार्यक्रमका बिच फलफूल र अण्डा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य सह-संयोजक हरी भण्डारीले जानकारी दिए ।

माझी वस्ती आर्थिक रुपमा विपन्न र चेतनाको कमि भएका कारण फलफूल तथा पौस्टिक आहाराको महत्त्व बुझाउन उक्त कार्यक्रम गरिएको स्वास्थ्य संयोजक सुर्य रानाले बताए ।
फलफूल वितरण सङै त्यहाँका जनताको चेतना तथा आनिबानीमा सुधार ल्याउन अन्तरक्रिया समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी गाउँपालिका उपाध्यक्ष निरुमाया तरामुले माझी वस्तिको स्वास्थ्य स्थित बुझ्न र चेतना प्रदान गर्न कार्यक्रमको आयोजना गरेको बताईन । साथै आगामी दिनमा पनि गाउँपालिकाले समय समयमा यस्ता कार्यक्रम गर्दै जाने उनले उल्लेख गरिन ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल ,जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रतिनिधि ,स्थानीय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता