सत्यवतीको अश्लेवा पुर्ण संस्थागत प्रसुती वडा घोषणा !



चैत १५ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर एक अस्लेवालाई पुर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको छ । लगातार दुई वर्ष सम्म त्यस वडाका सबै गर्भवती महिला स्वास्थ्य संस्थामा मात्रै सुत्केरी भएपछि वडालाई पुर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ४६ जना ,०७८/७९ मा ४४ र यस आर्थिक वर्षको फागुन मसान्तसम्म २० जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण पाण्डेले जानकारी दिए ।

मंगलबार घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले स्वास्थ्य चौकीलाई विशेष धन्यवाद व्यक्त गर्दै यसलाई दिगो बनाउनु पर्नेमा जोड दिए । साथै त्यसको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष पाण्डेले जाहेर गरे ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष निरुमाया तरामुले
स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा दुबैको ज्यान सुरक्षीत हुने , गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गर्नु पर्ने , एउटा स्वस्थ बच्चा जन्मनु भनेको सत्यवती गाउँपालिका स्वस्थ हुने उल्लेख गरिन ।
घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्य ,वडा अध्यक्ष अर्जुन कनौजे लगायतको उपस्थित रहेको थियो ।
सत्यवती गाउँपालिकाको वडा नम्बर ४ लिम्घा र ५ हसरा पुर्ण संस्थागत प्रसुती वडा घोषणा भैसकेका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता