केपी ओलीको आश्वासन जाँडले लठ्ठीएको मुसाको झै : छन्द पहराई



गुल्मी, कार्तिक ७ । गुल्मीको क्षेत्र नम्वर २ , प्रदेश २ बाट नेपाली कांग्रेसका समानुपातिक उमेदवार छन्द पहराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीले देखाएको समृद्धिको आश्वासन र जाँडले लठ्ठीएको मुसाको बोली एउटै भएको आरोप लगाएका छन् ।
जिल्लाको मालिका गाउँपालिका–२ को पाटाखर्कमा आयोजित बाम लोकतान्त्रिकगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता पहराईले त्यस्तो आरोप लगाएका हुन् ।
उनले मुसा र बिरालाको कथा पस्कीदै भने–‘ घर भित्र यता उता गरिरहेको मुसो एक्कासी जाँडको घैंटोमा पसेछ । उ निस्कीन नसकेर भित्रै रहिरहेको थाह पाए पछि बिरालो पुगेर घैटाको मुखबाट हेरेछ ।
त्यही बेलामा मुसोले बिरालादाई म यसरी उकुस मुकुस भएर घैटा भित्र मर्नु भन्दा मलाई बाहिर निकाला र तिमीले मलाई च्याप्प पारेर खाउला,आखिर म मुसो जन्मेकै तिम्रै आहरा बन्नकै लागि हो भने छ । अनि बिरालोले पक्का हो अनि मुुसा भाई भनेर सोधे छ ।
जवाफमा मुसाले पकका भने पछि बिरालोले बाहिर निकाले छ । बाहिर निकाल्न साथ स्वात्तै मुसो भागेर दुलो भित्र पसेछ । अनि बिरालोले अघि के भनेका थियौं मुसा भाई अहिले किन दुला भित्र पसेर लुक्यौ भनेर भनेछ । जवाफमा मुसाले भने छ अघि जाँडको तालमा के बोलियो , बोलियो । अहिले त ज्यान बचाउन दुला भित्र पसियो । ’
नेता पहराईले थपे–‘ठिक त्यस्तै केपी ओलीले बाँडेको समृद्धिका सपना पनि जाँडको तालमा मुसाले बिरालोलाई झुक्काए जस्तै हो , ओलीले पनि मुसोले जस्तै भन्नेछन सत्ताको नसामा के बोलियो , बोलियो ।’
‘ यहाँ जनताले. हिड्ने बाटो , खानेपानी र बिद्यालय भवन माग गर्दैै छन् अहिले सम्म उता केपी ओलीहरु भने पानी जहाज , रेलको सपना बाँड्दैछन् । ए साँच्ची, घर घरमा हावाबाट ग्याँस पुराई दिने भनेको सुन्थे, आ’को छ तपाईहरुको चुलोमा ? ’ उनले यस्तो प्रश्न गर्दै ब्याङ्ग गरे ।
उनले साविकको गुल्मी क्षेत्र नम्वर ३ र हालको २ मा गोकर्ण बिष्टले पनि त्यस्तै सपना मात्रै बाँडेर चुनाव जित्दै आएको आरोप लगाए । उनले भने –‘तर अहिले भने जनता सचेत भई सकेकोले त्यस परम्परा तोडिने छ ।’
उनले रामकुमारी झाँक्री, बुद्धि जिसी , भुवनप्रसाद श्रेष्ठ , उता क्षेत्र नम्वर १ मा चन्द्र भण्डारी, सुदर्शन बराल र धनेन्द्र कार्कीको जित सुनिश्चित भएको दाबी समेत गरे । उनले आफुलाई समानुपातिकको रुख चिन्हमा मतदान गरी जिताउने समेत अपिल गरे । त्यस क्षेत्रको प्रदेश १ मा कांग्रेस नेतृ बिष्णु कुमारी सापकोटा र प्रतिनिधी सभाको समानुपातिक तर्फका उमेदवार काँगेसका नेता त्रैलोक्यप्रताव सेन रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता