२४ वर्षीय महताराको काँधमा प्रेस युनियन गुल्मीको भविष्य !



साउन ८ गुल्मी ।

नेपाल प्रेस युनियन गुल्मी अहिले निकै चर्चामा छ । गत साउन ४ गतेको अधिवेशनबाट नवनिर्वाचित पत्रकार सुमन महताराकाे नेतृत्वको कार्यसमितिको क्रियाकलापले युनियनकाे चर्चा चुलिएको हो ।

गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका सुमन महतारा उमेरले मात्रै २४ वर्ष पुगे । उनले सदरमुकाम तम्घासमा रहेर पत्रकारिता गर्न थालेकाे यहीँ साउन पहिलो हप्ता मात्रै पाँच वर्ष पुग्यो । पाँच वर्षे पत्रकारिताले महतारालाई पत्रकारमा मात्र सीमित राखेन । उनी लाेकतान्त्रिक पत्रकारहरुकाे साझा संस्था नेपाली काँग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियन गुल्मीको नेतृत्वमा पुगे ।

प्रेस युनियनमा हालसम्म यस्तो कुनै इतिहास थिएन, जून २४ वर्षीय युवाले युनियनकाे जिल्ला नेतृत्व हाँक्नु । जसको कारण पनि प्रेस युनियनमा अहिले खुसीयाली छाएको छ ।

पुस्ता हस्तान्तरणमा कठिनाइ भइरहेका बेला महतारालाई नेतृत्वकाे जिम्मेवारी लिन कठिनाइ थियो । तर, उनी रत्तिभर बिचलित भएनन्, डटेर लडिरहे । जसको कारण ५९ युनियनकर्मी रहेको गुल्मीलाई नेतृत्व गर्ने जिम्मेवारी पाए ।

सामुदायिक रेडियो स्काईबाट पत्रकारिता सुरु गरेका महतारा रेडियो रेसुङ्गा, गुल्मी साप्ताहिक पत्रिका हुँदै राष्ट्रिय मिडिया मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका र माउन्टेन टेलिभिजनमा पनि पत्रकारिता गरिरहेका छन् । लाइभ गुल्मी डिजिटल पत्रिकाका संचालक समेत रहेका सुमन महतारा सेताेमसी डटकममा सह-समपादककाे भूमिकामा समेत रहेका छन् ।

उनको पत्रकारिता कहिल्यै नेतामुखी रहेन, जनतामुखी पत्रकारितालाई केन्द्रमा राखे । समाचार लेखेका भरमा अदालतकाे लडाइँ लडेका सुमनले मुद्दा जितेर पत्रकारितामा थप विश्वास र जिम्मेवारीपन थपे ।

नेपाल प्रेस युनियन गुल्मीको नवाैं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित सुमन महताराले आफू पद ओगट्न मात्र नआएको बताए । उनी भन्छन्, ‘केही नगर्न त जसको नेतृत्व भए पनि भयो, हामी त केही गर्न नेतृत्वमा आएका हौं । युनियनकर्मीलाई युनियनको अनुभुती र आम सर्वसाधारणमा क्रियाशीलता र स्वच्छ पत्रकारिताको आभास गराउने हो ।’ उनले पत्रकारितामा रहेको फाेहाेरलाई फाल्ने अभियान चलाउने पनि बताए ।

उनी मात्र नभई उनको नेतृत्वमा निर्वाचित कार्यसमिति निकै क्रियाशील रहनुले थप नेतृत्वलाई अब्बल बनाएको छ । सुमन महतारा अध्यक्ष रहेको नेपाल प्रेस युनियन गुल्मीकाे उपाध्यक्षमा प्रकाश घिमिरे र दिपक नेपाली, सचिवमा सागर भण्डारी, काेषाध्यक्षमा नवीन कार्की, सहसचिवमा चन्द्रकला राना र अनिल खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफ्ले, पुजा बिश्वकर्मा, गंगु कुँवर मगर, माधव खरेल, कविराज भुसाल, माेहन गाैत, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी, सन्तोष महतारा र दिपा पन्थ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले विधान अनुसार रहेर कार्यक्रमहरु गर्दै जाने र युनियनलाई थप जिम्मेवारपन बनाउने गरि अगाडि बढिरहेको सचिव सागर भण्डारी बताउँछन् । उनले आफूहरूले पहिलो कार्यसमितकाे बैठकबाट निर्णय गरेबमोजिम जिल्लाका विभिन्न स्थानमा युनियनकर्मीले एक सय विरुवा राेपेकाे बताए । उनले केही दिन भित्रै सदरमुकाम तम्घासमा कार्यालय स्थापना हुने पनि बताए । पहिलो कार्यसमिति बैठकका सबै निर्णय कार्यान्वयनपछि युनियनले थप छलफल गरेर अगाडि बढ्ने सचिव भण्डारीले बताएका छन् ।

पत्रकारहरुको पेशागत हकहीत सगैं श्रमजीवि पत्रकारहरुका सवाललाई उच्च प्राथमिकता दिँदै संगठनलाई समेत सुदृढ बनाएर लैजाने आफुहरुको प्रमुख ध्येय रहेको भण्डारीले बताए । पत्रकारलाई नविनत प्रविधिसंग जोड्दै उनीहरुको सीप र दक्षता अभिवृद्धिका लागि समेत यो समितिले सक्रिय रुपमा काम गर्ने उनको भनाई छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता