हाडहाडेमा माओवादी केन्द्रको दोस्रो अधिवेशन सम्पन्न



असोज -१५ बासुदेव पोखरेल ,गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनमा यब बहादुर कुवरको अध्यक्षतामा २९ सदस्यीय नया कमिटि गठन गरिएको छ ।
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती तथा नेकपा माओवादी केन्द प्रदेश कमिटी सदस्य निम ब पाण्डेले नयाँ कमिटीलाई बधाई दिदै क्रान्तिलाई रुपान्तरण गरि अगाडि बढ्नु पर्ने बताउनुभयो ।

त्यस्तै बिशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो भनाई राख्दै माओवादी पाटी जनता सगै रहेको र जनताको सेवा गरिरहेको बताउनुभयो । अब आउने चुनावमा फेरि माओवादी  एक नम्बरको बन्ने दावि गर्नुभयो । उहाँले अब गाउँ गाउँमा संगठन बिस्तार हुँदै आएको र सबैलाई माओवादी विचारमा लाग्न आग्रह गर्नुभयो ।

वडा कमिटी अध्यक्ष यम बहादुर कुवँरको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य निम बहादुर पाण्डेको प्रमुख आथितेता, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, धुर्कोट गाउँपालिका सह इन्चार्ज चन्द बिकको विशेष आथितेता रहेको थियो । तुलाराम पाण्डेको स्वागत मन्तवबाट सुरु भएको कार्यक्रम सञ्चारलन प्रेम बिकले गर्नुभएको थियो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता