स्ववियु निर्वाचन : रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघका घिमिरे सभापतिका उम्मेदवार !



फागुन २६ गुल्मी ।
गुल्मीमा स्ववियु निर्वाचनको रौनक बिस्तारै बढदै जान थालेको छ । विभिन्न दलका विद्यार्थी संगठनहरु चुनावको आन्तरिक तयारीमा जुटेका छन ।
त्यस्तै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापतिको उम्मेदवारको टुंगो लगाएको छ ।
सो क्याम्पसमा नेविसंघका नेता पुनराम घिमिरे सभापतिमा सर्वसम्मत चयन भएको नेविसंघ गुल्मीले जानकारी दिएको छ ।
बिहीवार पार्टी कार्यालय विपि स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघले अन्य विद्यार्थी संग गठबन्धन गर्न तयार रहेको सङ्केत गर्दै तत्काललाई आफुले सभापतिको उम्मेदवार मात्रै टुंगो लगाएको नेविसंघ गुल्मीका सभापति झविन्द्र पाण्डेले बताए ।
केन्द्रको आठ दलिय गठबन्धनको मर्म र भावना अनुसार गुल्मी जिल्लाका केही विद्यार्थी संगठन चल्न नसकेको उनले आरोप समेत लगाए ।

सभापतिका उम्मेदवार घिमिरे को हुन?

मालिका गाउँपालिका -३ ह्वाङ्दीमा सामान्य परिवारमा जन्मेका घिमिरे विगत लामो समय देखि विद्यार्थी हकहितको लागि लडदै आएका पात्रा हुन ।
सरल स्वभावका घिमिरे सबै विद्यार्थी बिच प्रिय छन ।
प्रष्ट ब्यक्ता र स्वच्छ छवि कायम राख्दै उनले सफल विद्यार्थी राजनीति गर्दै आएका छन ।
२०६९ साल ह्वाङ्दीको म्याहेले माविमा नेविसंघको इकाई सभापति हुँदै आफ्नो राजनीतिक यात्रा सुरु गरेका घिमिरे ,२०७२ मा सदरमुकाम तम्घासको सिद्धबाबा माविको इकाई सभापति बने ।

२०७३ मा रेसुङ्ग बहुमुखी क्याम्पसका सह सचीव बनेका घिमिरे २०७४ का इकाई सभापति बने ।
२०७६ मा स्ववियु चुनावको सचिवका उम्मेदवार बनेका घिमिरे अहिले नेपाली काङ्ग्रेसका प्रदेश सदस्य समेत रहेका छन ।

विद्यार्थीका समस्यालाई नजिकै बाट बुझेको ,विद्यार्थी हकहितको बारेमा बोल्दै आएको र नेविसंघलाई अमुल्य योगदान दिएका कारण घिमिरेलाई नेविसंघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापतिको उम्मेदवार बनाएको सभापति झविन्द्र पाण्डेले बताए ।
घिमिरे स्ववियु सभापतिको लागि योग्य र उचित पात्रा रहेको सभापति पाण्डेले दावी गरे ।

त्यस्तै सभापतिका उम्मेदवार घिमिरेले रेसुङ्गा बहुमुखी क्याम्पसमा रहेको बेथितिको अन्त्य गर्दै जिल्लाकै नमुना क्याम्पस बनाउने बताए । सदरमुकाम तम्घासको अभिन्न अङ्गका रुपमा रहेको यश क्याम्पसलाई सबै विद्यार्थीले पढ्ने क्याम्पस बनाउने उनले दावी गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता