सूचनाको पहुँच विस्तार गर्न मालिकाका सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था !



चैत १ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सबै सरकारी तथा गैर सरकारी कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेको छ ।

गाउँपालिकाले छिटो छरितो सूचना प्रवाह गर्ने र सूचनाको पहुँच विस्तार गर्नुका साथै सूचना विकेन्द्रीकरण गर्ने उदेश्यले सूचना अधिकारीको व्यवस्था गरेको सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।

गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था,  तथा वित्तिय संस्था सहित ७६ वटा कार्यालयमा सूचना अधिकारी रहने छन ।

यसै बीच बुधबार गाउँपालिकाका सूचना अधिकारीको पहिलो बैठक सम्पन्न हुनुका साथै सूचना अधिकारीलाई प्रशिक्षण समेत दिईएको गाउँपालिकाका प्रवक्ता ज्ञान कुमार बुढा मगरले बताए ।

बैठकले सम्पुर्ण कार्यालयमा सूचना अधिकारीको नाम, सम्पर्क नम्बर ,फोटो सहितको बोर्ड कार्यालयमा राख्ने, नागरिक वडापत्र टाँस्ने, कार्यसम्पादनको मासिक रुपमा रिपोर्टिङ गर्ने ,लगायतका निर्णय गरिएको छ ।
साथै प्रमुख प्रशासकीय अधिकृत विकास खनालले सूचनाको हक सम्बन्धी ऐन-२०६४, सूचनाको हकसम्बन्धी नियमावली-२०६५ बमोजिम सूचना अधिकारीको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता