सहिद सप्ताह: धुर्कोटमा वक्तृत्वकला प्रतियोगिता, मदानेमा सहिद परिवारलाई सम्मान



फागुन १८ गुल्मी ।

सहिद सप्ताहको अवसरमा धुर्कोट गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । ‘जनयुद्धका उपलब्धि’ बिषयमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभरीका १० विद्यालयको सहभागिता रहेको थियो । जसमा गणेश माध्यमिक विद्यालयका विवेक जिसी प्रथम, नयाँगाउँ माध्यमिक विद्यालयका आशिका कंडेल द्धितिय र भगभवती माध्यमिक विद्यालयका सन्दिप नेपाली तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः नगद पाँच हजार, तीन हजार पाँच सय र दुई हजारका साथै शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पुष्कर खड्का, निम बहादुर पाण्डे र प्रकाश चालिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विर बहादुर कार्कीले जनयुद्धले देशमा धेरै सकारात्मक परिवर्तन गरेको उल्लेख गर्दै कार्यक्रमको आयोजना गर्ने अनेरास्ववियू (क्रान्तिकारी)लाई धन्यवाद् दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, पार्टीका धुर्कोट गाउँ कमिटी अध्यक्ष गोपाल कुँवर, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मी खनाल, दलित मुक्ति मोर्चाका जिल्ला संयोजक राजु विक, वडा नम्बर १ का वडाध्यक्ष चेतमान कुँवर लगायत पार्टी एवं पार्टी निकट विभिन्न भातृ संगठनका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीका अध्यक्ष राजन पोखरेलको अध्यक्षता, धुर्कोट गाउँकमिटी अध्यक्ष इन्द्र पोखरेलको स्वागत मन्तव्य तथा कोषाध्यक्ष हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो । सहित सप्ताहको पहिलो दिन सहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अवसरमा अनेरास्ववियू (क्रान्तिकारी) र प्रेस सेन्टर गुल्मीले उपल्लो तम्घास माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र चुलो पनि वितरण गरेका थिए ।

त्यस्तै सहिद सप्ताहको अवसरमा नेकपा माओवादी केन्द्र मदाने गाउँकमिटीले सहिद परिवारलाई सम्मान गरेको छ । शनिबार मदानेमा एक कार्यक्रमको आयोजना गरी जनयुद्धमा गुल्मीका प्रथम सहिद कृष्ण कुँवर लगायत अन्य सहिदहरु जगत कुँवर, कृष्ण जिसी, बिना नेपाली, राधिका भुसाल र रामचन्द्र चन्दको परिवारलाई सम्मान गरिएको अनेरास्ववियू (क्रान्तिकारी) गुल्मीका इन्चार्ज भरत चन्दले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य वेगम चन्दले सहिदहरुको बलिदानले नै अहिलेको परिवर्तन ल्याएकोले सहिद परिवारलाई सम्मान गरिएको बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता