मालिका घमिरका ज्येष्ठ नागरिकलाई लौरो उपहार



बैशाख १८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर सात घमिरका ४३ जना ज्येष्ठ नागरिकलाई लौरो उपहार प्रदान गरिएको छ ।
वडाको वार्षिक स्वीकृत कार्यक्रम ज्येष्ठ नागरिक सम्मान अन्तर्गत ४३ जना ज्येष्ठ नागरिकलाई सम्मान सहित लौरो उपहार प्रदान गरिएको वडा सचिव उषा श्रीसले जानकारी दिईन ।
आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ज्येष्ठ नागरिकलाई लौरो उपहार दिनुका साथै उनिहरुका राय,सुझाव , सल्लाह आदानप्रदान गरिएको वडा अध्यक्ष हिरा बहादुर कार्कीले जानकारी दिए ।
साथै कार्यक्रमले ज्येष्ठ नागरिकको चाहना , आगामी दिनमा वडाले गर्नु पर्ने कामको बारेमा समेत जानकारी लिन महत्त्वपूर्ण सहयोग पुराएको अध्यक्ष कार्कीले बताए ।
गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र अर्यालले वडाले राम्रो कामको सुरुवात गरेको बताउदै ज्येष्ठ नागरिकलाई सदैव सम्मान गर्नुपर्ने र उहाँहरुका सल्लाह सुझाव ग्रहण गरे मात्रै दिगो विकास हुने बताए ।
त्यस्तै यता ज्येष्ठ नागरिक पनि वडाले बुढेसकालमा साहरा रुपमा लौरो उपहार दिएकोमा खुसी भएका छन् ।
कार्यक्रममा वडा नम्बर ६ अर्जैका वडा अध्यक्ष दिपक भण्डारी ,कार्यपालिका सदस्य सकुन्तला लम्साल लगायतको सहभागीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष हिरा बहादुर कार्कीको अध्यक्षता तथा पशु प्राविधिक गोपाल कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता