जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार



बैशाख १९ गुल्मी ।
मालिका गाउँपालिका -८ का  युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
स्थानीय तथा आफुले पढेको मालिका ८ दघास स्थित थानपति निम्न माद्यामिक विद्यालयका दुई जना विद्यार्थीलाई झोला र कापी उपलब्ध गराएको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।
मालिका गाउँपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका पौडेलले जन्म दिनमा फजुल खर्च गर्न भन्दा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउदा समाजमा पनि राम्रो संदेश जाने र विद्यार्थीलाई पनि प्रोत्साहन हुने सोचका साथ शैक्षिक सामाग्री उपलब्ध गराएको बताए ।
त्यस्तै विद्यालयलाई माया गरेर आफ्नो जन्म दिन विद्यालमै मनाएर  जेहेन्दार विद्यार्थीलाई हौसला प्रदान गरेको बताउदै अध्यक्ष डिबी खड्काले धन्यवाद व्यक्त गरे भने  आगामी दिनमा पनि सामाजिक क्षेत्रमा  कार्य गर्न आग्रह समेत गरे ।
पछिल्लो समय यस क्षेत्रका नागरिकले आफ्नो जन्म दिन लगायत विभिन्न अवसर पारेर थानपति निम्न माद्यामिक विद्यालयमा विभिन्न किसिमका प्रेरणादायीक  सामाजिक कार्य गर्दै आएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता