भारतीय सेनामा कार्यरत लम्सालले दिए जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार



बैशाख १८ गुल्मी ।
हाल भारतीय सेनामा कार्यरत मालिका गाउँपालिका ८ दघासका युवा राजेन्द्र लम्सालले उदाहरणीय कार्य गरेका छन् ।
उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय  थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
आफू भारतमै भए पनि विद्यालय संग सहजीकरण गरेर दुई जना विद्यार्थीलाई झोला र कापी उपलब्ध गराएको विद्यालयका सूचना अधिकारी राजु पौडेलले बताए ।
जन्म दिनको अवसरमा सानो भए पनि सामाजिक कार्य गरौं भन्ने उदेश्यका साथ विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको लम्सालले बताए ।
साथै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत लम्सालले व्यक्त गरे ।
पछिल्लो समय यस क्षेत्रका नागरिकले आफ्नो जन्म दिन लगायत विभिन्न अवसर पारेर थानपति निम्न माद्यामिक विद्यालयमा विभिन्न किसिमका प्रेरणादायीक  सामाजिक कार्य गर्दै आएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता