विद्यार्थी भेट्दै मालिका गाउँपालिकाका अध्यक्ष अर्याल



बैशाख १९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले विद्यार्थी संग अध्यक्ष कार्यक्रम मार्फत  विद्यार्थी संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेका छन् ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने ,विद्यार्थी तथा विद्यालयका समस्या ,चुनौती र समाधानको उपाय सहित कार्यक्रमको सुरुवात गरिएको शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले जानकारी दिए ।
विद्यार्थी संग अध्यक्ष कार्यक्रमको मंगलबार वडा नम्बर एकको अमर माद्यामिक विद्यालय बाट सुरुवात गरिएको छ ।
अध्यक्ष संग विद्यार्थी कार्यक्रम मार्फत विद्यार्थी तथा विद्यालयलाई आवश्यक शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ ।
अध्यक्ष संग विद्यार्थी कार्यक्रमले विद्यार्थीका संगै स्थानीय तह रहेको सन्देश दिनुका साथै शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण मद्दत पुराउने अपेक्षा पालिकाको रहेको छ ।
शैक्षिक सत्रको सुरुवातमै सबै विद्यालयका विद्यार्थी संग भेटघाट तथा अन्तरक्रिया गरि शैक्षिक सुधारको लागि नयाँ कार्ययोजना तथा रणनीति बनाई पालिकाले लिएको उदेश्य पुराहुने प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता