सरसफाई युक्त गाउँपालिकाको अभियानमा मालिका : कसरी बढ्दैछ अगाडी ?



 

माघ ८-गुल्मी ।

गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा तीन वटा वडालाई पुणर् सरसफाई उन्मुख वडा घोषण गर्ने भएको छ । यसै सन्र्दभमा रहेर गुल्मी अपडेटकर्मी डिबि खड्काले मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीसगं सक्षिंप्त कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोही कुराकानी ।

स्वागत छ प्रवक्ता ज्यू यहाँलाई गुल्मी अपडेटको दैनिक सक्षिंप्त कुराकानी श्रृङ्खलामा

-धन्यवाद । तपाई लगायत गुल्मी अपडेट सम्पूणर् टिमलाई मेरो नमस्कार ।

पुणर् सरसफाई उन्मुख वडा घोषणा अभियान कसरी अगाडी बढेको छ ?

-मालिका गाउँपालिकाले पालिकाका ३ वटा वडा खासगरी गाउँपालिकाको ६ नं वडा अर्जे,वडा नं ४ अर्खाबाङ र वडा नं ८ मर्भुङलाई पूणर् सरसफाई उन्मुख वडा घोषणाका लागि कार्यक्रम अगाडी बढाएको छ । वडा नं ६ र ८ मा स्वयं सेवक छनौट र परिचालनका लागि टोल समितिहरु गठन गर्ने काम भईरहेको छ ।

घरघरमा पूणर् सरसफाई युक्त वडा बनाउनका लागि आवश्यक पर्ने सुचकहरु लेखिएका ब्यानहरु प्रत्येक घरमा राख्ने आदि कार्य भईरहेको छ । त्यस्तै अहिलेको अवस्था र पूणर् सरसफाईका लागि के के कुराहरु पालना गर्न सकिन्छ र अब गर्नुपर्ने काम के के रहन्छन् भनेर अवलोकन र छनौट गर्ने काम पनि भएको म जानकारी गराउँदछु ।

पूणर् सरसफाई वडा घोषणाका लागि कस्ता सुचकहरु पालना गनुपर्ने रहेछ ?

-पूणर् सरसफाई भित्र व्यक्तिगत सरसफाई देखि घर आगनको सरसफाई र शौचालयको प्रयोग आदि कुराहरु पर्दछन् । यसमा नयाँ कुरा खासै त केही छैन त्यहीपनि सरसफाईमा हामीले आजसम्म गर्दै आएका कामहरुलाई थोरै व्यवस्थित गर्ने हो । कोरोनाको महामारीले हामीलाई एउटा नयाँ सिकाई भएको छ ।

कस्तो भने तथ्याङ्क हेर्ने हो भने अन्य तुलनामा भन्दा यस समयमा अन्य रोगका विरामीहरु कम भएको पाईयो । खासगरी साबुन पानीले मिचिमिचि हात धुनुपर्छ भन्ने कुराको ज्ञान कोरोनाले दियो । त्यस्तै पानी उमालेर पिउनुपर्छ भन्ने सन्देश पनि दियो । भने भिडभाडमा जाँदा मास्कको प्रयोग गर्नुपर्छ भन्ने बानीको पनि विकास गरायो । यी ३ वटा बानीमा मात्रै सुधार गर्दा पनि स्वास्थ्यमा राम्रो सुधार भयो ।

अब हामीले पूणर् रुपमा सरसफाईको काम गर्न सक्यौँ भने व्यक्तिको स्वास्थ्यमा महत्वपूणर् परिवर्तन गर्न सक्छौँ भन्ने हिसाबले कार्यक्रम अगाडी बढाएका छौँ । यसमा खासगरी अनिवार्य रुपमा शौचालय प्रयोग गर्ने,शौचालयको सरसफाईमा ध्यान दिने,घर आगनको सरसफाई,पिउने पानी त्यस्तै महिलाहरु महिनावारी भएको समयमा सेनेटरी प्याडको प्रयोग र सुरक्षित महिनावारी सम्बन्धी शिक्षा आदि समावेश छन् ।

हामीले हाम्रो दैनिक जीवनयापनमा गर्ने क्रियाकलापलाई थोरै परिवर्तन गरेर बानी व्यहोरा सुधार गर्न सके मात्रै पनि विभिन्न रोगबाट बँच्न सक्छौँ । यी आदि २५ वटा सुचकहरुलाई आधार मानेर अगाडी बढ्छौँ ।

-तर गाउँमा त अलिकति हेलचेक्राँई गर्ने भनेको नमान्ने प्रवृत्ति हुन्छ, यसका लागि के तैयारी छ ?

वास्तवमा जुन हिसाबले अहिले भौतिक विकास भईरहेको छ । तपाईले भनेको एकदमै सही हो चेतनाको विकास सबैभन्दा ठुलो कुरा हो । सरसफाई गर्दा हामीलाई के फाईदा हुन्छ ? स्वयं व्यक्ति निरोगी बन्छ । रोग लागेर औषधि खाने पैसा बचत हुन्छ । र स्वयं व्यक्ति निरोगी बन्न सक्छ भन्ने कुराको चेतना अभिवृद्धि गर्नुपर्ने छ ।

यसका लागि प्रत्येक पालिका वडा र अहिलेका टोलहरुमा भेला गयौँ । उक्त भेलाबाट मानिसहरुलाई सचेत बनायौँ । हाम्रो सरसफाईमा ध्यान नदिँदा सरुवा रोग लाग्छ भन्ने कुराको चेतना अभिवृद्धि गरेका छौँ । टोल टोलमा विभिन्न छलफल र सचेताका कार्यक्रमहरु भईरहेका छन् । चेतना अभिवृद्धिका लागि महिला स्वास्थ्य स्वम् सेविकाहरुलाई परिचालन गछौँ ।

त्यस्तै स्वयम् सेवकहरु कम्तिमा पनि एउटा घरमा ७ पटक पुग्ने गरी परिचालन गर्छौँ र उहाँहरुबाट जानकारी लिने सचेत बनाउने कार्य गर्छौँ ।त्यति गर्दा गर्दै पनि यदी कसैले अटेर गर्यो भने, हाम्रो अभियानलाई असहज भयो भने हामीले त्यस्ता व्यक्तिहरुलाई वडा कार्यालय र गाउँपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित गर्ने गरी काम गर्नुपर्छ भनेर पनि सोँचेका छौँ ।

तर आम मालिका गाउँपालिकाबासी नागरिकहरु सचेत हुनुहुन्छ र हाम्रो अभियानमा पूणर्त साथ दिनुहुन्छ भन्ने मलाई लाग्छ । किनभने पहिले देखिनै उहाँहरुले सरसफाईका काम अगाडी बढाई रहनुभएको छ त्यसलाई थोरै परिमार्जन र व्यवस्थित मात्रै गर्ने हो हाम्रो आग्रहलाई स्वीकार गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

हस धन्यवाद !

धन्यवाद । डीबीजी लगायत सम्पूणर् यो गुल्मी अपडेट परिवारलाई मेरा केही शव्द राख्ने मौका दिनुभएकोमा आभार । र यस कार्यमा सञ्चारकर्मीको भुमिका अत्यन्तै महत्वपूणर् रहेको हुँदा यसमा साथ सहयोग गर्नुहुन्छ भन्ने आशा व्यक्त गर्दछु । धन्यवाद ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता