समाजसेवी थापाद्धारा ४ लाख बराबरको सामाग्री वितरण !



देश यतिबेला कोरोना सक्रंमणको महामारीमा छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी एवम् मजदुर गरेर जिविकोपार्जन गर्ने नागरिकहरु समस्यामा परेका छन् । गत वर्ष राहत र खाद्यान्न वितरणका काम भएपनि यस वर्ष भने तीन वटै सरकारले राहत वितरणका कार्यक्रम गरेका छैनन् ।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने विपन्न एवम् गरिब र देशका विभिन्न स्वास्थ्य संस्थामा हाल अमेरीकामा रहनुभएका एक समाजसेवीले राहत एवम् स्वास्थ्य सामाग्री व्यक्तिगत खर्चमा वितरण गर्नुभएको छ । बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल रोजगारीको सिलसिलामा अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले झण्डै ४ लाख बराबरको सामाग्री वितरण गर्नुभएको हो ।

देश विषम परिस्थितिमा गुज्रिरहेको बेला थोरै भएपनि सहयोग गर्ने उद्धेश्यका साथ सहयोग गरेको उहाँले बताउनुभयो । थापाले सुर्खेत मेयर कुनाका गरिब एवम् विपन्न परिवारका ४६ परिवारलाई झण्डै १ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ । निषेधाज्ञाका कारण रोजगार विहीन बनेका र दैनिक गुजारा चलाउन समेत कठिन भएका परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको थापाले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल कलाकार सघंका लागि कलाकार शकंर विसी मार्फत नगद रु ५० हजार सहयोग गर्नुभएको छ । थापाले बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं ४ का स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्रीका लागि ८० हजार रुपैयाँ, नेपालगञ्जमा कोरोना सक्रंमणका कारण अस्पतालसम्म जान नसकेका क्यान्सर पीडितहरुलाई ५० हजार र गुल्मीको जिटिभि मार्फत प्रशारण हुने कार्यक्रम संधर्षका कथामा प्रशारित विभिन्न दिन दुखीहरुका लागि ५० हजार बराबर सहयोग प्रदान गर्नुभएको हो ।

कोरोना सक्रंमणको दर बढ्दै गएकाले निषेधाज्ञा खुकुलो हुने अवस्था नरहेकाले प्रभावितहरुलाई राहत वितरण गरेको थापाले बताउनुभयो । थापाले यस अगाडी पनि थुप्रै गरिव र विपन्न परिवारलाई सहयोग गर्दै आउनुभएको जिटिभि गुल्मीका सञ्चालक दिपक नेपालीले बताउनुभयो । उहाँले आफुले कमाएको केही प्रतिशत रकम समाजसेवामा खर्चिदै आउनुभएको भन्दै उहाँले थापाले गर्नुभएको समाजसेवा साँच्चिकै प्रशसंनीय रहेको बताउनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता