सन नेपाल लाइफद्धारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण



हुमाकान्त पोखरेल,
गुल्मी, ०६ असौज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट, शाखा कार्यालय, गुल्मीद्धारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कम्पनीको पाँचौ बार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तरगत बिहीबार न्यानो कपडा वितरण गरिएको हो । महेन्द्र नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएका १८ जना सडक बालबालिकाहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी जाडोको लागि स्वीटर र फलफुल वितरण गरिएको कम्पनीका प्रशासक नविन अर्यालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले व्यवस्थापन गरिएका बालबालिकाहरुको थप व्यवस्थापनमा कम्पनीले इट्टा थप्ने काम गरेको भन्दै खुसि व्यक्त गरे । उनले बालबालिकाहरुको व्यवस्थापन गर्ने कार्य निकै चुनौतिपूर्ण रहेपनि सबै सरोकारपक्षको सहयोगमा व्यवस्थापन गर्न सकिएको उल्लेख गरे । कम्पनीका शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले विभिन्न समयमा सडकमा मगन्ते जिवन बिताएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।

‘पानी परेको समयमा सडक बालबालिका रुझेको थुप्रै पटक देखेका थियौँ ।’ कुँवरले भने, ‘व्यवस्थापन भएछ, धेरै राम्रो भयो, हामीले पनि यसै कार्यमा थोरै सहयोग गरेको ।’ कार्यक्रमको अवसरमा महेन्द्र नमुना माविले बालबालिकाहरुको लागि शैक्षिक सामग्री पनि वितरण गरेको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र नमुना माविका प्रध्यानाध्यापक कृष्ण मरासिनी, पत्रकार महासंघका कार्य–समिति सदस्य हुमाकान्त पोखरेल, पत्रकार सूर्य सुनार, महेन्द्र माविका विभिन्न शिक्षक, विभिन्न वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न सरोकारपक्षहरुको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता