सत्यवती भार्सेका ३६ घरधुरी गाउँ फर्के,पालिका संग साझेदारी गरेर मोटोरबाटो विस्तार !



चैत ३ गुल्मी ।
गुल्मीको सत्यवती गाउँपालिका -८ भार्से बुकेनीका ३६ घरधुरी आफ्नै जन्मथलो फर्कने भएका छन् । पुर्वधारको अभावका कारण बसाइँसराइ गरि विभिन्न स्थान पुगेका यस भेगका ३६ घरधुरी गाउँमै फर्केर ब्यापार व्यवसाय तथा कृषि उपज उत्पादन गर्ने भएका छन् ।
गुल्मी भार्से बुकेनी समाज र सत्यवती गाउँपालिकाको साझेदारीमा दुई दशमलव ५ किलोमीटर भार्से-बुकेनी मोटरबाटो समेत विस्तार गरिएको छ । मोटरबाटोकोको शुक्रबार गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले एक समारोहका बीच उद्वघाटन गरे ।
उद्वघाटन गर्दै अध्यक्ष पाण्डेले स्वतस्फूर्त रुपमा बुकेनी समाजले मोटरबाटो खन्न र गाउँ फर्किन देखाएको चासोको प्रशंसा समेत गरे । साथै मोटरबाटो विस्तार र बुकेनीका ३६ घरधुरी गाउँ फर्किए संगै बाँझो जग्गाको उपयोग हुने अध्यक्ष पाण्डेको तर्क छ ।
गुल्मी भार्से बुकेनी समाजको कार्यमा गाउँपालिकाले सहयोग गरेको बताउदै गुल्मी भार्से बुकुनी समाजका कार्यवाहक अध्यक्ष मीन बहादुर पुनले गाउँपालिकालाई धन्यवाद दिए ।
पछिल्लो समय ग्रामीण क्षेत्र बाट बसाइँसराइ गर्ने दर बढिरहेको समयमा शहर बाट गाउँ फर्किने विषयले गाउँमा भौतिक विकास मात्रै भएको छैन, प्रशस्त सम्भावनाका ढोकाहरुपनी खुलेका छन् भन्ने कुरालाई समेत पुष्टि गरेको छ ।
बुकेनी गाउँ दुर्गम र विकट भएका कारण बसाइँसराइ गरि गएका ३६ घरधुरी पुनः गाउँ फर्कनुले सकारात्मक संदेश प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता