सत्यवतीको लिम्घा क्षेत्र नम्वर १ को पहिलो पुर्ण संस्थागत प्रसुति वडा घोषणा !



असोज -२३ गुल्मी ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घालाई पुर्ण संस्थागत प्रसुति (शुन्य होमडेलीभरी ) वडा घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले एक समारोहका बिच वडालाई पुर्ण संस्थागत प्रसुति (शुन्य होमडेलीभरी) वडा घोषणा गरेका हुन ।
यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ । यस क्षेत्रमा ५० वटा वडा रहेका छन् ।
विगत दुई वर्ष देखी यस वडाका कुनै पनि गर्भवती महिला घरमा सुत्केरी नभएको स्वास्थ्य चौकीका इन्चार्ज राम बहादुर सुर्यवशीले बताए ।

आर्थिक वर्ष २०७६र७७ यस वडाका सबै ३५ जना गर्भवती महिलाले स्वास्थ्य सस्थामै सुत्केरी भएको लिम्घा स्वास्थ्य चौकीले उल्लेख गरेको छ ।जहाँ लिम्घा स्वास्थ्य चौकीमा १७ जना,जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २मिसन अस्पताल पाल्पामा ३ जना ,लुम्बिनी मेडिकल कलेज प्रभासमा ९,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २,पाल्धारा स्वास्थ चौकी नवलपरासी २ महिला प्रसुति भएका थिए । त्यस्तै आर्थिक २०७७/०७८ मा लिम्घा स्वास्थ्य चौकीमा १० जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ११ मिसन अस्पताल पाल्पाना ७
लुम्बिनी मेडिकल कलेज प्रभासमा ३ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ९ आम्दा अस्पताल बुटवल १ गरी ४१ जना गर्भवती महिला स्वास्थ्य सस्थामै प्रसुती भएको लिम्घा स्वास्थ्य चौकीले जनाएको छ ।

शुक्रबार भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले स्वास्थ्य चौकीले उदाहरणी कार्य गरेको बताउदै धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै उपाध्यक्ष सुबर्ण शेरेचन , जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका  कार्यालय प्रमुख पशुपति आचार्य शुभकामना मतब्य राख्दै यसको निरंतरताको लागी जोड दिएका थिए ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथि तथा स्वास्थ्यकर्मी होम पल्लीली वडाले गरेको कार्य निकै उत्कृष्ट कार्य रहेको बताउदै आफुले गर्भ जाचको सुबिधा निशुल्क गरिदिने । गाउँपालिकाले अरु व्यवस्था गरे भिडियो एक्सरे लागी मेशिन र चिकित्सक नि शुल्क दिने अरु व्यवस्था गरिदिने घोषणा गरेका छन ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य रानाको स्वागत मनव्य , वडा अध्यक्ष दान बहादुर रानाको अध्यक्षाता र सञ्चालन स्वास्थ्यकर्मी हरी भण्डारीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता