श्वेता खड्काले थालेको माझी बस्ती निर्माणको लागि गूल्मेलीको सहयोग करिव तीन लाख रकम प्रदान



सुरेश थापा साउन ३२
 
नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि गुल्मेलीहरुको सहयोगमा लग्जम्वर्गमा रहेका नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।

लग्जम्वर्गबासी नेपालीले एक कार्यक्रमको आयोजना गरी नायिका श्वेता खड्काको माझी बस्ती निर्माण अभियान का लागि २८४० युरो अर्थात् करिब तीन लाख नेपाली रुपैयाँ सहयोग गरेको जानकारी एनआरएनए लग्जम्वर्ग का कोषाध्यक्ष युद्ध थापाले जानकारी दिए ।
नायिका खड्काले भूकम्प गएको लामो समयदेखि टहरामा बस्दै आएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकीकृत नमुना बस्ती बनाउन लागिएको हो ।
नायिका खड्काले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोटका साथ माझी बस्तीलाई एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेकी जानकारी दिइन् । सम्पुर्ण नेपाली तथा गुल्मीको चन्द्रकोट गाउँपालिकाका युद्ध थापा सहितको टोलीले सहयोग प्रदान गरेको बताईएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता