शाइन रेसुङा बैंक सिमलटारी शाखाका प्रमुख श्रेष्ठको विदाइ ,नयाँ शाखा प्रमुख पाण्डेलाइ स्वागत !



माघ २१ गुल्मी । विगत ११ वर्ष देखी कार्यरत शाइन रेसुङा बैंक सिमलटारी शाखाका प्रवन्धक भुवन श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बिच विदाई गरिएको छ ।

मालिका गाउँपालिका वडा नम्बर आठको आयोजनामा फुलमाला तथा मायाको चिनो प्रदान गरि विदाई गरिएको हो । वडा अध्यक्ष टिका बहादुर जिसिको अध्क्षयता रहेको कार्यक्रममा स्थानीय समाजसेवी तथा नेकपा वडा कमिटीका अध्यक्ष तुल्सीराम अर्याल, नेपाली काङ्ग्रेसका सभापति मुक्तिराम पौडेल र स्थानीय युवा एमव समाजसेवी खड्क नेपालीले मनव्य राख्दै श्रेष्ठले वित्तीय क्षेत्रमा पुराएको योगदानको बारेमा चर्चा गर्दै आगामी दिन सफल रहोस भन्दै शुभकामना व्यक्त गरे ।

त्यस्तै वडा अध्यक्ष टिका जिसीले पनि कर्मचारी हरुको सरुवा नियमित प्रक्रिया भएको बताउदै भुवन श्रेष्ठले वित्तीय क्षेत्रमा दिएको योगदान यस क्षेत्रका बासिले सदैव स्मरण गर्ने बताए । साथै नंया आएका शाखा प्रवन्धक दिपक पाण्डेले पनि वित्तीय क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न आशा व्यक्त गर्दै डायरी र कलम प्रदान गरेर स्वागत गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजिवि, शिक्षा प्रेमी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब मिन बहादुर खड्काको गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता