विभिन्न माग राख्दै अखिल (क्रान्तिकारी) गुल्मीले बुझायो दुई सरकारी निकायलाई ध्यानाकर्षण पत्र



असार २४ गुल्मी ।

नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी) गुल्मीले विभिन्न माग राख्दै शुक्रवार गुल्मीका दुई सरकारी निकायलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला शिक्षा विकास समन्वय समिती गुल्मी र रेसुङ्ग नगरपालिकाको शिक्षा शाखामा ध्यानाकर्षण पत्र बुझाईएको अखिल (क्रान्तिकारी) गुल्मीले जानकारी दिएको छ । जिल्ला संयोजक राज खड्काले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
“नेपालको शिक्षा प्रणाली चरम निजीकरण, व्यापारीकरण र माफियाकरणको शिकार भइरहेको छ ,विभेदकारी द्धैत शिक्षा प्रणाली लागू गरिएको छ । हुँदा खाने वर्गको लागि एउटा र हुनेखाने वर्गको लागि अर्को शिक्षा प्रणाली अवलम्वन गरिएको छ । यसले स्पष्ट रुपमा दुई वर्गहरूको जन्म गराइरहेको छ, जसको बीचको खाडल कालान्तरमा पूर्न नसकिने स्थितिमा पुग्ने निश्चितप्राय छ “,ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । शिक्षा जस्तो संबेदनशील बिषयमा राज्य चरम गैरजिम्मेवार र विभेदकारी रुपमा प्रस्तुत भइरहेको छ । यो निकै नै दु:खद र खेदजनक विषय हो ।

साथै सरकारी शिक्षालयहरुमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा पाएको सरकार, शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम लापरवाही , निजी विद्यालय र प्रकाशकहरु सँगको मिलेमतोमा सरकारी शिक्षालयहरु र विद्यार्थीहरूको भविश्य माथि चरम खेलबाड गरि पाठ्यपुस्तकको चरम कृतिम अभाव गराइएको अखिल (क्रान्तिकारी) गुल्मीको आरोप रहेको छ ।

शैक्षिक सत्र सुरू भएको करिव तिन महिना वित्न लाग्दा पनि विभिन्न बाहनमा पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुराउन आनाकानी गरेको बताउदै तत्काल पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुराउनु पर्ने , नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने, पाठ्यपुस्तक छपाइमा लापरवाही गरी विद्यार्थीको भविष्यमाथि चरम खेलबाड गर्ने शिक्षा मन्त्रालय, जनक शिक्षा सामग्री केन्द्रका पदाधिकारीहरुलाई कडा भन्दा कडा कारबाही गर्न र आगामी वर्षदेखि समयमै पाठ्यपुस्तकहरू विद्यालयमा पुर्याउन विशेष पहल गर्नु पर्ने माग अखिल (क्रान्तिकारी) गुल्मीले राखेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता