विद्यार्थी नेता पन्थी द्धारा शैक्षिक सामाग्री वितरण !



असोज ९ गूल्मी ,  

गुल्मीका एक विद्यार्थी नेताले शैक्षिक सामाग्री बितरण गरेका छन् । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति राम्जी पन्थीले रेसुङ्गा नगरपालिकाको अर्खलेमा रहेको बुद्ध माध्यमिक विद्यालयका गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

आर्थीक अवस्था कमजोर भएर पढ्न लेख्नबाट कसैलाई पनि बञ्चित हुन नपरोस् भन्दै केहि हदसम्म भएपनि विद्यार्थीको समस्या समाधान गर्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको विद्यार्थी नेता पन्थीले बताए ।
पन्थीले बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत एक दर्जत भन्दा बढी गरिब तथा कपीकलम किन्न समस्या पर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
केहि समयअघि जिल्लाको  इस्मा गाउँपालिकामा पुगेका विद्यार्थी नेता पन्थीले जिल्लास्थित विद्यालयमा कोहि पनि आर्थीक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् , त्यस्तो भए आफुले केहि सहयोग गरेर समस्या समाधान गर्ने घोषणा गरेका थिए ।

 


त्यहि घोषणा अनुरुप उनले बुद्ध माध्यमिक विद्यालयबाट आफ्नो अभियान अगाडी बढाएको बताएका छन् । जिल्लाका सबै प्राथामिक , आधारभूत , माध्यमिक र उच्च माध्यमिक माध्यमिक विद्यालय सबैमा पुगेर गरिब विद्यार्थीका लागि सहयोग गर्ने बताए । मैले निस्वार्थ रुपमा मनैदेखि सहयोग गरेको छु । विद्यार्थी नेता पन्थीले भने “गरिब तथा शिक्षाबाट बञ्चित विद्यार्थी सबैलाई सहयोग गर्छु , बुद्ध माध्यमिक विद्यालयबाट त अभियान मात्रै सुरु भएको हो ।”
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका उपसभापति समेत रहेका राम्जी पन्थी विद्यार्थीको हकहितमा निरन्तर लडिरहेका छन् । उनी एक सक्रिय विद्यार्थी नेता हुन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता