विकास कस्तो हुन्छ ,गठबन्धनले देखाउछ : नेता श्रेष्ठ



कात्तिक ६ गुल्मी ।

गुल्मी निर्वाचन क्षेत्र २ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार भुवन प्रसाद श्रेष्ठले विकास कस्तो हुन्छ भन्ने कुरा गठबन्धनले देखाउने बताएका छन् ।
आज इस्मा गाउँपालिका १ गुर्बामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विकासको लहर ल्याउन र गुल्मी २ मा विकासको मुल फुटाउन गठबन्धनले जित्नु पर्ने श्रेष्ठले बताए ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका श्रेष्ठले , विगत २५ वर्ष देखि चुनाव जित्ने तर जनतालाई किस्ता किस्तामा योजना लिएर जनतालाई भुलाउने काम प्रतिपक्षले गरेको आरोप लगाए ।

इस्माले नेता , संसद ,मन्त्री जन्माए पनि गाउँको मुहार फेर्न नसको गुनासो गर्दै अब जनताको जिवनमा परिवर्तन ल्याउने गरि आफुहरुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
जनतलाई अलमलाउन हरेक वर्ष कनिका छरे जसरी बजेट ल्याउने र कार्यकर्ता पोस्ने काम एमालेले गरेको श्रेष्ठको तर्क रहेको छ ।
साथै उनले रामकुमारी झाक्रीलाई र आफुलाई एक पटक मतदान गर्न आग्रह गर्दै ५ वर्ष सम्म जनताको सेवा गर्ने यद्यपि आफुहरुको काम जनता मन नपराए अथवा काम गर्न नसके आजीवन जनता संग मत माग्न नआउने वचन समेत श्रेष्ठले मतदाता सामु व्यक्त गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता