वडा दशैं तथा तिहारलाई मध्य नजर गर्दै गुल्मीमा यात्रु सहायता कक्ष स्थापना



अनिल खत्री

२१ असोज, गुल्मी ।

गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो ।

जिल्लाका बढि यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्हरी कार्यालय गुल्मीले जनाएको छ । दशैं र तिहारमा स्वदेश तथा परदेशबाट आउनेहरु यात्रु र यातयातको चापलाई व्यवस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद आचार्यले बताए ।
सहायता कक्षमा यात्रुहरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिएको छ । सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता