लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका वामदेव क्षेत्री नियुक्त



भदौ -१३ गुल्मी ।

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहका घिमिरे माओवादी केन्द्रका नेता हुन् । आर्थिक विषयमा चासो राख्ने घिमिरे बौद्धीक नेताका रुपमा परिचित छन् ।

यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा: दामोदर भुसाललाई नियुक्त गरिएको छ । यादव कपिलवस्तुका हुन् भने भुसाल गुल्मीका हुन् । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता