रेसुङ्गा नगरपालिका -१० मा ट्याङकी वितरण



सूर्य सुनार माघ २७ गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ । रेसुङ्गा नगरपालिका १० को आर्थिक वर्ष २०७७÷०७८ को विनियोजित बजेटबाट छनोट भएका कृषि तथा पशु विकास, महिला लक्षित महिला शशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएका स्थानीयलाई ट्याङकी वितरण गरिएको हो ।
कार्यक्रमको प्रमुख अथिति रेसुङ्गा नगरपालिकाका उपप्रमुख सीता भण्डारीले ट्याङकी वितरण गर्दै कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज हुने बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि रेसुङ्गा नगरपालिकामा विकासले तिब्रता पाएको दाबी गर्नुभयो । यहाँ पानीको समस्या छ, काम भइरहेको छ, नआतिनुहोस हामीले चुनावमा बोलेका कुरा विस्तारै पुरा गरेर जनताको समस्या समधान गर्ने बताउनुभयो ।
कार्यक्रमका रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले ट्याङकी पाउने स्थानीयलाई धन्यवाद ज्ञपान गर्नुभएको थियो । ट्याङकी पाउनु मात्र ठूलो कुरा होइन यसको संरक्षण गर्नु पहिलो कर्तव्य रहेको प्रमुख प्रशासकिय अधिकृत मरासिनीले बताउनुभयो । यदी सही प्रयोग गरेको नपाइएमा आवश्यक कारबाही पनि गर्ने बताउनुभयो ।
कार्यक्रमका सभाअध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले वडामा विकासका कामले तिब्रता पाएको दाबी गर्नुभयो । यहाँ पानीको समस्या छ काम भइरहेको छ अब असार मसान्तमै एक घर एक धारा पुराएर वडा बासीलाई खुशी पार्ने बताउनुभयो । ट्याङकी पाउने वडाबासीलाई उहाँले ट्याङकीको संरक्षण पनि गर्ने आग्रह गर्नुभयो । केही भएपनि पानी संकलन गरी कृषि कर्म गर्न कृषकलाई सहज हुने वडाध्यक्ष अर्यालले उल्लेख गर्नुभयो ।
साथै ट्याङकी पाउदै वडा बासीहरुले खुशी व्यक्त गरेका थिए । अब केही भए पनि हामीलाई कृषि कर्म गर्न वडाकार्यालयले सहयोग गरेकोमा धन्यवाद ज्ञपान गरेका थिए । जसमा २४० जनाले उक्त ट्याङकी पाएका थिए । कार्यक्रमको संचालन वडा सचिब रेखा अर्यालले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता