रेसुंगाको मेला पचास हजार दर्शकले अवलोकन गरे !



 ।
टोपलाल अर्याल
गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुंगामा सञ्चालन भएको साउने मेलाको ५० हजार दर्शकले अवलोकन गरेका छन् । साउन महिनाभर सञ्चालन भएको मेलामा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान, बाग्लुङलगायत स्थानमा साधु सन्त तथा अन्य दर्शनार्थी आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
तस्वीर नयाँ पत्रीका दैनिक बाट
यो वर्षको मेला अवधिभर धार्मिक प्रवचन, भक्ति संगीत, तीज गीत प्रतियोगिता, सामूहिक रुद्री, ग्रह जप तथा पण्डित श्रीकृष्ण चैतन्यबाट प्रवचनलगायत कार्यक्रम गरिएको भुसालले बताए । मेला अवधिमा सात लाख नगद र तीन लाख जिन्सी संकलन भएको संरक्षण समितिले जनाएको छ । पर्यटकीय क्षेत्र रेसुंगाका थुप्रै विशेषता छन् । एकमहिने साउने मेलाले धेरे आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बनेको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिने तपोभूमि रेसुंगामा हरेक वर्ष साउने संक्रान्तिदेखि साउन महिनाभर नै साउने मेला लाग्ने गर्दछ । अहिले रेसुंगा पुग्न सडकको राम्रो व्यवस्था छ । पोखरीदेखि यज्ञशालासम्म आकर्षक सिँढी निर्माण गरिएको छ ।
साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भएर पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ । तम्घासबाट यातायातका साधन प्रयोग गरे पन्ध्र मिनेट र हिँडेर गए पौने घन्टामा पोखरी पुगिन्छ । चार धामबाट ल्याएको जल ९पानी० रेसुंगाको पोखरीमा मिसाइएकोले रेसुंगा पोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । यज्ञशालाभित्र भएको हवनकुण्डमा अखण्ड दीप प्रज्ज्वलित छ ।
अहिले रेसुंगाकै सबैभन्दा पुरानो सिद्धको मन्दिर, स्वामी शशिधरको समाधिस्थल विष्णुपादुका र लक्ष्मीनारायणको समाधिस्थललगायतका कारण रेसुंगाको पौराणिक महत्व रहेको यो क्षेत्रसँग जानकार शशी पन्थीले बताए । रेसुंगाको पश्चिमपट्टी रेसुंगासँग आमने–सामने उभिएको अर्जुनडाँडाले पनि तम्घासमा पहिलोपटक आउने मानिस अचम्मित हुन्छन् । नयाँ पत्र्रीका दैनिक बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता